
तुलसीपुर, ४ माघ । दाङको तुलसीपुर स्थित दारी चिया घरको शाखा घोराही रोडमा पनि खुलेको छ । तुलसीपुरको मालपोत कार्यालयको अगाडी रहेको दारी चिया घरले घोराही रोडमा पनि शाखा विस्तार गरेको हो । दुई बर्ष अघि तुलसीपुरमा चिया घर सञ्चालनमा थियो ।
हाल १८ लाखको लगानीमा घोराही रोडमा शाखा सञ्चालनमा आएको हो ।
तुलसीपुरमा पाँच लाखको लगानीबाट उक्त चिया घर सञ्चालनमा थियो । शान्तिनगर २ निवासी सन्जित चौधरी(दारी) ले काठमाडौबाट पढाई सकेर तुलसीपुरमा ब्यबसाय सुरु गरेका थिए । विदेश भन्दा स्वदेशमै केही गर्न सकिन्छ, की भनेर ब्यबसाय सुरु गरेको चौधरीले बताए ।
घोराही रोडमा शाखा सञ्चालनको अवसरमा १२ जना युबाहरुले रक्तदान समेत गरेका थिए ।



लाइभदाङ । ६ माघ २०८२, सोमबार २२:०३ बजे