दाङका सीडीओलाई कैलाली पठाउने निर्णय, हमाललाई गृह मन्त्रालयमा तानियो

काठमाडौँ, २८ साउन ।
गृह मन्त्रालयले कैलालीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिम्मेवारीबाट हटाएको छ । सीडीओ गोगन बहादुर हमाललाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तान्ने निर्णय भएको हो।

बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट उनको ठाउँमा दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाउने निर्णय भएको छ ।


हाल दाङमा कसलाई पठाउने भन्नेबारे चाहिँ निर्णय हुन बाँकी रहेको मन्त्रालय स्रोतको भनाइ छ । साउन २४ गते राति कैलाली कारागारमा भएको हिंसात्मक झडपमा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो ।