तुलसीपुरकाे तरकारी बजार अनुगमन

तुलसीपुर,४ वैशाख । दाङकाे तुलसीपुर स्थित फलफुल तथा तरकारी बजार (सब्जी मण्डी) काे अनुगमन गरिएकाे छ ।

तुलसीपुर उपमहानगरपालिका उपभाेक्ता हित संरक्षण शाखाले मण्डी भित्रकाकरिव १ दर्जन जति तरकारी तथा फलफुल पसलहरुमा अनुगमन गरिएकाे हाे ।
साेमबार ती पसलहरूकाे अनुगमन गरिएकाे हाे ।

चैते दशै र रामनवमीमा उपभोक्ताले बढि भन्दा बढि फलफुल र तरकारीहरु किन्ने भएकाले सब्जिमण्डीवाट तरकारी तथा फलफुलहरु बजारमा आउने भएकाेले उपभोक्ताकाे हित र स्वास्थ्य लाई मध्य नजर गरि अनुगमन गरिएकाे शाखा प्रमुख रेखा शर्माले बताईन् ।


त्यस अवसरमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजनका राजेश चाैधरी,वडा नं. ६ का सदस्य यमराज केसी , तुलसीपुर उद्याेग बाणिज्य संघका प्रमुख पारेश्वर भट्टराईलगायतकाे सहभागितामा अनुगमन गरिएकाे हाे ।

अनुगमनका क्रममा करिब १५ दर्जन जति केरा ,स्याउ,अंगरहरु सडेकाे भेटिएकाेले उक्त वस्तुहरु जफत पनि गरिएकाे थियाे ।