रोल्पामा एक पुरूष मृत अवस्थामा फेला

रोल्पा,११ माघ ।
रोल्पामा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी गाउँपालिका ७ निवासी अन्दाजी ४० वर्षको शोभाराम बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ । माघ ९ गत्ते ससुरालीबाट घर फर्किएको तर घर नआएपछी बेलुका घर परिवारले सम्पर्क गर्न खोज्दा सम्पर्क नभएकाले घरपरिवारले खोजी गर्दा आज बिहान करिब ८ बजे घर देखि करिब ५०० मिटर तल बाटोमा मृत अवस्थामा फेला पर्नु भएको थियो ।


अनुसन्धान गर्दै जादा त्रीवेणी गाउँपालिका ७ गर्गरे निवासी अन्दाजी ५८ वर्षका बल बहादुर बिक, छम्पा निवासी अन्दाजी ३० वर्षका गणेश डाँगी र १६ वर्षका खुस्मान डाँगीलाई सोधपुछको लागि प्रहरिले हिरासतमा राखेको छ । शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल रेउघा पठाइएको र घटना बारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।