
दाङ,१३ फाल्गुन ।
लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा दाङको टिम प्रथम बनेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा तुलसीपुरमा फाल्गुन १० र ११ गते दुई दिन चलेको प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा १८ पदकसहित दाङको टिम प्रथम बनेको हो । प्रतियोगितामा बाँके जिल्लाको टिम दोस्रो र बर्दिया जिल्लाको टिम तेस्रो भनेको थियो ।
प्रथम बनेको दाङको टिमले प्रतियोगितामा ११ स्वर्णसहित ३ रजत र ४ कास्य पदक जित्न सफल भएको छ । प्रतियोगितामा पुरुष पुम्सेतर्फ खेलाडी साकारकुमार महतरा, महिलातर्फ आशिका चौधरी, महिला गेरुगीतर्फ खेलाडी लक्ष्मी राम्जाली (४६ केजी), खुसी घर्तीमगर (४९ केजी), शारदा केसी (५७ केजी), अदिती सुनार (६२ केजी), बन्दना चौधरी (६७ केजी), निशा पुनमगर (७३ केजी) र पुरुष गेरुगीतर्फ खेलाडी जस्मिन चौधरी (५४ केजी), सन्देश सुनार (५८ केजी) र गणेश विक (६८ केजी) तौल समूहमा स्वर्ण पदक जित्न सफल भएको हुन् ।
त्यसैगरी प्रतियोगितामा महिला गेरुगीतर्फ खेलाडी अमृता चौधरी (५३ केजी) पुरुष गेरुगीतर्फ खेलाडी जीतकुमार चन्द (६३ केजी), र सुरज भण्डारी (८७ केजी) रजत पदक तथा महिला गेरुगीतर्फ खेलाडी कोमल वलीले (८० केजी) तौल समूह पुरुष गेरुगीतर्फ खेलाडी कृष्ण पुनमगर (७४ केजी), लक्ष्य बुढामगर (८७ केजी) र निश्चल बुढामगर (८० केजी) तौल समूहमा कास्य पदक सफल भएका हुन । ्विजेता खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
दाङको टिमको कोचमा बीरेन्द्र डाँगी र म्यानेजर हिमाल बिक रहेका थिए । टिम म्यानेजर हिमाल विकले खेलाडीहरूको मेहनत र समर्पणका कारण दाङले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका छन्। प्रतियोगितामा लुम्बिनी प्रदेशका दश जिल्लाका खेलाडीको सहभागिता रहेको थियो ।



लाइभदाङ । १३ फाल्गुन २०८१, मंगलवार ०८:१२ बजे