सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सल्यान, १५ माघ ।
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ का २६ बर्षिय गोपाल डाँगी रहेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रमुख डीएसपी केशर न्यौपानेले जानकारी दिए। उनका अनुसार दार्मा गाउँपालिका–४ मौलाहाल्ने बजार नजिकै सोमबार साझ रा ७ प ४५५८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा उनी गम्भिर घाइते भएका थिए ।


दुर्घटनामा परेको मोटरसाइकल सडकदेखी करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते डाँगीको उपचारकै क्रममा सोमबार राती १० बजेको समयमा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।