बृहत बाम ध्रुबिकरणसहितको राष्ट्रिय एकता आबश्यक छ : अपार

तुलसीपुर, ४ माघ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले बृहत बाम ध्रबिकरणसहितको राष्ट्रिय एकता आबश्यक रहेको बताएका छन् ।

पार्टीको विधान सम्मेलनलाई लक्षित गरि अपारले सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्दै नेपालमा समाजवाद निर्माण गर्न बृहत वाम ध्रकिकरणसहितको राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै विशेष महाधिवेशनद्धारा बर्गीय प्रतिवद्धता र दलिय प्रतिस्पर्धामा श्रेष्ठताको बाटोबाट नेपाली बिशेषतासहितको समाजवाद निर्माणका आधार निर्माण गर्ने कार्यदिशाको विकास गर्न आबश्यक रहेको बताएका छन् । पार्टी इतिहासमै पहिलोपटक विधान सम्मेलन हुन लागेको भन्दै कमिटि प्रणालीमा सञ्चालन हुने विधान एबं विधि निर्माण गरेर लागू गर्नैपर्ने समेत बताए ।


राष्ट्रियसभा सदस्य समेत रहेका अपारले राजनीतिक दाउपेचका रुपमा नभई राष्ट्रको बृहत्तर हितका लागि सहमतिय वा बहुमतिय ढंगले शान्तिप्रकृयाको टुंगो लगाउनु पर्ने समेत बताए । संघीयता कार्यन्वयन र समृद्धिसंगै जोडिएका आधारभुत कानुनहरु निर्माण गर्ने, सुशासनलाई नयाँ उचाइमा उठाउँदै ०८०/०८१ को लागि युगान्तकारी बजेट निर्माण र कार्यन्वयनको सुनिश्चितता समेत गर्नुपर्ने बताए ।