राप्रपाको केन्द्रीय सदस्यमा दाङबाट दुईजना

शरद रेग्मी
दाङ, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा दाङबाट दुइजना निर्वाचित भएका छन् । दाङबाट दामोदर भण्डारी , मिना स्वर्णकार विजयी भएका हुन्।

भण्डारीले १७८५ मत प्राप्त गरेर पांचौं स्थानमा विजयी भएकका हुन् । उनी राजेन्द्र लिंग्देनको प्यानलबाट केन्द्रिय सदस्यमा निर्बाचित भएका हुन ।


उनी विद्यार्थी राजनीतिबाट युवक संगठनको केन्द्रिय उपाध्यक्ष, लुम्बिनि प्रदेशको उपाध्यक्ष हुदै दोस्रो पटक केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै दलित कोटाबाट मिना स्वर्णकार निर्वाचित भएकी हुन् ।