
तुलसीपुर, ११ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित रामनगर टोल विकास संस्थाको विधान संसोधन भएको छ ।
संस्थाको विहीबार भएको विशेष साधारणसभाले विधान संसाधन गरेको हो । सेतिराम विकको अध्यक्षतामा भएको साधारणसभाले विधान संसोधन गरेको हो ।



जसले टोल सुधार, टोलको विकास, टोलको सामाजिक तथा संस्कृतिक सुधार गर्ने कुरा विधानमा उल्लेख गरेको छ । कार्यक्रममा विधानको बारेमा उपाध्यक्ष आजाद खड्कालले प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण सचिब लक्ष्मी चौधरीले गरेकी थिइन ।
उक्त संस्थामा एक सय १० बढि सदस्य छन् ।
लाइभदाङ । ११ बैशाख २०८२, बिहीबार २०:५८ बजे