
तुलबहादुर कवँर मगर
सिसहनियाँ, २६ साउन।
दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा एकै दिन २ सय १ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।
अस्पतालको दैनिक सेवा प्रवाह विवरणअनुसार बहिरङ्ग (ओपीडी) सेवामा सबैभन्दा धेरै ७९ जनाले सेवा लिएका छन्। यस्तै, प्रयोगशालामा ४०, एक्सरेमा १७, आकस्मिक सेवामा १३, एएनसीमा १५, परिवार नियोजनमा ११, भिडियो एक्सरे ६, ड्रेसिङमा ५, ईसीजीमा २ र प्रसूति सेवामा एक जनाले सेवा लिएका छन्।
अस्पतालले नियमित उपचारसँगै आवश्यकताअनुसार प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ईसीजी, एएनसी, परिवार नियोजन तथा प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ।
यसैगरी, अस्पतालको सामाजिक सेवा एकाइमार्फत ७० वर्षमाथिका जेष्ठ नागरिक तथा असहाय–बेसहारा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ। सामाजिक सेवा एकाइअन्तर्गत उक्त दिन चार जना ज्येष्ठ नागरिकले निःशुल्क सेवा लिएका छन्।
अस्पताल प्रशासनका अनुसार ज्येष्ठ नागरिकलगायत लक्षित वर्गलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सामाजिक सेवा एकाइमार्फत निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था गरिएको हो।



लाइभदाङ । २६ श्रावण २०८३, मंगलवार २२:०३ बजे