
दाङ, १९ पुस।
दाङको तुलसीपुरमा डिजिटल मिडियाकर्मी संघ गठन गरिएको छ । सम्पूर्ण डिजिटल संचारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूलाई समेटेर साझा हितका लागि अगाडि बढ्ने प्रयासस्वरुप डिजिटल मिडियाकर्मी संघको गठन गरिएको हो ।
तुलसीपुर तथा आसपासका क्षेत्रमा क्रियाशील डिजिटल सञ्चारकर्मीहरूको भेलाले नवीन वलीको अध्यक्षतामा डिजिटल मिडियाकर्मी संघको गठन गरेको छ ।
शनिबार तुलसीपुरमा भएको सञ्चारकर्मीहरूको विशेष बैठकले वलीलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा चयन गरेको हो । संघको नवगठित उपाध्यक्षमा जीतसागर जीएम, सचिवमा झग्गु भण्डारी, सह–सचिवमा रूपा थापा र कोषाध्यक्षमा घनश्याम घिमिरे चयन भएका छन् ।
यस्तै, संघको सदस्यहरूमा ठाकुर देवकोटा, चेतन ओली, उदिराम चौधरी, एचआर मगर, सागर सुवेदी र उमा भण्डारी रहनुभएको छ । संघको सल्लाहकार समितिमा बसन्त पौडेल, दीपक बोहरा, विकास डाँगी र तिलक ओली मनोनित गरिएको छ ।
नवगठित अध्यक्ष वलीले आफूलाई विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा सम्पूर्ण सञ्चारकर्मी साथीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।



लाइभदाङ । १९ पुष २०८२, शनिबार १७:२८ बजे