सहयोगी साकोशको स्थापना दिवसमा रक्तदान

तुलसीपुर,१५ वैशाख । सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १४ औं स्थापना दिवसमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरको छ । शुक्रबार तुलसीपुरमा भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका हुन् ।

रगत दान नै जीवन दान भएकाले सबैमा रगत दान गर्ने संस्कारको विकास गर्न पनि यो कार्यक्रम आयोजना गरिएको हो । संस्थाका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस अवसरमा प्रमुख अतिथिले सहकारी चिनेर मात्रै बचत गर्नुपर्ने बताए । सबै सहकारी एकै प्रकारका नभएकाले नीति, विधि बुझेर मात्रै रम्रा सहकारीमा आबद्ध हुनुपर्ने बताए । विश्वसनिय र चलेका सहकारी भने अहिले पनि प्रभाबकारी ढंगले सेवा प्रवाह गरिरहेको बताएका थिए ।

त्यस अवसरमा पूर्व सञ्चालक खिमा केसी,सल्लाहकार पर्शुराम पुन, लेखा सुपरिबेक्षण समिति संयोजक लालबहादुर केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । उपाध्यक्ष डिलाराम बुढाथोकीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब दुर्गा शर्माले गरेका थिए ।