राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दशौदी बिजयी

दाङ, २५ माघ। राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उम्मेदवार कुमार दशौदी बिजयी हुनुभएको छ । खसेको कुल मतको मतभार ७ हजार ९ सय मध्य ४ हजार २६ मत प्राप्त गरी दशौदी राष्ट्रियसभा सदस्यमा बिजयी हुनुभएको हो ।

दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरि जम्मा ४ हजार २६ मतभार प्राप्त गरि बिजयी हुनुभएको हो । नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गर्नुभएको थियोे ।

नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ । प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो ।


लुम्विनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख २ सय १७ जनाले मतदान गर्नुभएको थियोे ।

प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख गरि ३ सय ५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनु भएको थिएन ।

सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित हुनुभएको थियोे । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।