दाङमा ४५ बोरा युरिया मल बरामद

दाङ,०७ साउन ।
प्रहरीले बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको हो ।

राप्ती गाउँपालिका–१ भालुवाङ चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा ४५ बोरा युरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


सो मलको अनुमानित मूल्य रु। १,०१,२५० ९एक लाख एक हजार दुई सय पचास० रहेको समेत प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त युरिया मल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।