गोरखाका विद्यार्थीले लेखेका मार्मिक कथा

तुलसीपर,१८ भदौ ।
‘वुवा गरीब हुन्छन्, छोरीको वुवालाई कहिल्यै केही चाहियो त, कहिल्यै के चाहियो भनेर सताउथिन् । गरीब भएकै कारण छोरीले साथीहरुसंग आफ्नो वुवा भन्न पनि अफ्टेरो मान्थिन् । छोरीकै आबश्यकता पूरा गर्न वुवाले अटो चलाउन थाले । त्यही अटो चलाउने क्रममा वुवाको मृत्यु पछि छोरीले आफू गल्ती महसुस गर्छिन ।’ यो थियो–गोरखा स्कुल तुलसीपुरमा कक्षा १० मा अध्ययनरत छात्रा विन्दीरा वली सिर्जना गरेर वाचन गरेको कथाको भाव ।

विद्यार्थीले सामाजमा घटिरहेका घटना र सकारात्मक पक्षलाई समेटेर तयार पारेका यस्ता थुप्रै कथालाई सहभागिलाई भावुक बनाउथ्यो । स्कुलमा तीन दिने कथा लेखन तालीममा सहभागि भएपछिका उनीहरुको कथा सिर्जना मार्किक र यथार्तवादी थिए । ति कथाले सबैको मन छोएको थियो । विद्यालयले कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई कथा लेखन तालीम दिएको हो ।‘विद्यार्थीहरुले अरुले लेखेका कथाहरु किताबमा धेरै पढ्ने गरेका छन्’, विद्यालयका प्रिन्सिपल विजयमान जीएमले भने‘विद्यार्थीहरुलाई किताबका कथा मात्रै पढाउने होईन्, आफै पनि लेख्न सिकाउनु पर्छ, भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।’


विद्यार्थीहरुलाई टिक्ने, सिक्ने र विक्ने शिक्षा दिनुपर्छ, भन्ने मान्यतालाई आत्मसात् गर्दै यस्ता थुप्रै कार्यक्रमहरु स्कुलले गर्दै आएको गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीले बताए ।“किताबको ज्ञानले मात्रै अब शिक्षा बिक्दैन्, बजारमा बिक्ने, टिक्ने र सिक्ने शिक्षाकालागि हामीले यो कार्यक्रम आयोजना गरिएको हो ।” विद्यार्थीहरुलाई रचनात्मक कार्यमा लगाउनु पर्ने प्यावसन दाङका अध्यक्ष मधुसुदन केसीले बताए । विद्यालयको यो कार्यले अभिभावक पनि खुसी भएका छन् । अभिभावक देवराज केसीले विद्यार्थीहरु सिर्जनशिल बनाउनकालागि विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कथा लेखन तथा प्रशिक्षण विजयराज आचार्यले दिएका थिए । सोही तालिममा ४५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।