लुम्बिनीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित

दाङ, १४ पुष ।
लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना थियो । तर, अन्य प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएकाले यसपालिको सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।


प्रदेश सरकारको पाँच बर्षे कार्यकालको समिक्षा र अनुभव आदानप्रदान गर्ने उदेश्यले सम्मेलन आयोजना गर्ने तयारी थियो । स्थायी राजधानी भ्रमण गराउने उदेश्य भए पनि अब आउने नयाँ मुख्यमन्त्रीहरु सहभागी हुनेगरी सम्मेलन गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।