जनयुद्ध दिवसको पूर्वसन्ध्यामा तुलसीपुरमा दिपप्रज्वलन

हिरालाल ओली
तुलसीपुर
२९ माघ / ऐतिहासिक २७ औ महान जनयुद्ध दिवसको पुर्बसन्ध्यामा तुलसीपुरमा दिप प्रज्वलन गरिएको छ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगर कमिटीको अयोजनामा भएको कार्यक्रमको अध्यक्षता संगठनका नगर अध्यक्ष अम्मर बिकले गरेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिव मदन जीएम , सचिवालय सदस्य एवम तुलसीपुर नगर इञ्चार्ज प्रकाश ओली, माओवादी केन्द्र केन्द्रिय सल्लाहकार समिति सदस्य सेसुराम भण्डारी, माओवादी केन्द्र नगर सचिव तुलाराम भण्डारी बारुदलगायतको सहभागीता रहेको थियो ।


अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिव मदन जिएम र माओवादी केन्द्र तुलसीपुर नगर सचिव तुलाराम भन्डारी बारुदले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी जिल्ला कोषाध्यक्ष एवम माओवादी केन्द्र बबई गाउँ कमिटी सदस्य हिरालाल ओलि जनार्दनले गरेका थिए ।