उम्मेदवारहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न प्रतिबद्धता

सुशील बस्नेत
दाङ,१९ बैशाख ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका बिभिन्न दल तथा स्वतन्त्र उम्मेदावरले स्थानीय तह निर्वाचन २०७९ लाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

संबाद समूह दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको निष्पक्ष, भयरहित, शान्तिपुर्ण, मर्यादीत र बिश्वसनिय निर्वाचनका लागि निर्वाचन आचार संहिताको पालनाका लागि उम्मेदवारहरुसँगको संबादमा सहभागिहरुले पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार टिकाराम खड्का, नेकपा मालेका मेयर पदका उम्मेदवार महेन्द्र शाह, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार रबिन्द्र उच्च नेपाली, राष्ट्रिय जनमुक्ति पार्टीकै तर्फबाट घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार ठाकुर रोका, नेपाली काग्रेसको तर्फबाट दङगीशरण गाँउपालिकाको अध्यक्ष पदका उम्मेदवार शम्भु गिरी, तुलसीपुर उपमहानगरपलिकाका लागि नेकपा एमालेको उपमेयर पदका उम्मेदवार स्यानी चौधरी, नेकपा बिप्लप पार्टीको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार खेम वली, नेकपा माओबादीको तर्फबाट शान्तिनगरगाँउपालिकाका उपाध्यक्ष पदका उम्मेदवार राधिका परियार, नेपाली काग्रेसको तर्फबाट दंङगीशरण गाँउपालिकाको उपाध्यक्ष पदका उम्मेदवार पीमाकुमारी वली खड्काले आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको हो । निर्वाचन आयोगले जारि गरेका आचारसंहितालाई अन्जानमा भएपनि उल्लंघन गरिएको भए सुधार गरिने बताउनुभयो ।


सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ मा नेपाली काग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बिरेन्द्रकुमार शाह, नेकपा एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का उम्मेदवार दुजमान भण्डारी, जनता समाजबादी पार्टीको तर्फबाट तुलसीपुर उपमहानगरपािलका वडा नम्वर ६ का उम्मेदवार गिता देबकोटा र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ को उम्मेदवार शालिकराम नेपालीले पनि अत्यन्तै जिम्मेवार भई आचार संहिताको पालना गरिने बताउनुभयो ।

संबाद समूहका बरिष्ठ सहजकर्ता एवं पत्रकार सुशील बस्नेतले निर्वाचनका क्रममा संबादको आबश्यकता किन भन्ने सवालमा स्पष्ट पार्नुभएको थियो । निर्वाचन आयोगले तयार गरेको रानीतिक दल र उम्मेदवारले पालना गर्नुपर्ने आचार संहिताका बारेमा संबाद समूहका सदस्य एव अधिबक्ता बिष्णुमणी धिताल र आचार संहिताको स्वघोषणाको बिज्ञप्ती संबाद समुहका सदस्य पदमा चौधरीले वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सहजकर्ता निर्मल नेपालीले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन संबाद समूहका सदस्य लक्ष्मण पोख्रेलले गर्नुभएको थियो ।

यसअघि राजनीतिक दल,निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बिभिन्न राजनीतिक दलका युवाहरु, नागरिक समाज तथा बिभिन्न संघ संस्था र सञ्चारकर्मीहरुसँग आचार संहिता कार्यान्वयनका सवालमा संबाद गरिएको थियो ।