
तुलसीपुर, ३ साउन । दाङ तुलसीपुर उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा सवारी साधन जलेका कर्मचारीहरुलाई राहात प्रदान गरेको छ ।
गएको बर्ष भदौ २४ गते भएको आन्दोलनका क्रममा कार्यालयमा भएको आगलागीबाट अण्डरग्राउण्ड पार्किङमा सवारी साधनहरू पार्क गरिएको अवस्थामा भएको उक्त आगलागीमा कर्मचारीका निजी मोटरसाइकल र स्कुटरहरू जलेर नष्ट भएका थिए । उनीहरुलाई जनही २५ हजारका दरले राहात दिने गरि कार्यपालिका बैठकले निर्णय गरेर राहात प्रदान गरिएको हो ।
आगलागीबाट सवारी साधन पूर्ण रूपमा क्षति भएका पाँच जना कर्मचारीहरूलाई त्यसरी आर्थिक सहयोग गरिएको हो ।
राहत प्राप्त गर्ने कर्मचारीहरूमा सहायक कम्प्युटर अधिकृत सन्देश के.सी. (मोटरसाइकल नं. रा.७प. ४११५), स्वीपर लक्ष्मी प्रसाद चौधरी (मोटरसाइकल नं. रा.४प. ४४१०), रिटर्नी स्वयंसेवक सुशिल डाँगी (मोटरसाइकल नं. रा.२प. १८५२), भारी सवारी चालक विकास बि.क. (मोटरसाइकल नं. रा.१प. ३९२४) र कार्यालय सहयोगी लाल बिहारु चौधरी (स्कुटर नं. रा.४प. ६९४७) रहेका छन् ।



लाइभदाङ । ३ श्रावण २०८३, आईतवार ०९:३६ बजे