एमसीसीको विरोधमा युवा संघ नेपाल दाङले प्रर्दशन गर्ने

तुलसीपुर
२९ माघ / नेकपा(एकीकृत समाजवादी) निकट युवा संघ नेपाल दाङले एमसीसीको विरोधमा पर्दशन गर्ने भएको छ । आईतबार दाङको घोराहीमा प्रदर्शन गर्न लागेको संघका जिल्ला अध्यक्ष हरिश गिरीले बताए ।

उनका अनुसार एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई विफल पार्नुपर्ने बताए । त्यसकालागि आफूहरु नियमित विरोधमा रहेको उनको भनाई छ । केन्द्रीय कमिटिले गरेको निर्देशन अनुसार आफूहरुले कार्यक्रम गर्न लागेको उनको भनाई छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय मोर्चा संगठनको निर्णय अनुसार घोषित कार्यक्रम अन्तर्गत फागुन १ गते ७७ वटै जिल्लामा एमसीसीको विरोधमा आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही बमोजिम दाङमा विरोध कार्यक्रम गर्न लागिएको हो । ‘यदि कुनै पनि सहयोग आफ्नो देश र जनताको अनुकूलमा छैन भने त्यो सहयोग लिन्न भन्न पाउनु पर्छ, ’,उनले भने‘तर, यहाँ त मालिक र केही शक्तीहरुलाई खुसी बनाउनकालागि र यो देशलाई दास बनाउनकालागि जबरजस्त रुपमा एमसीसी लादिदैछ । त्यसकारण कुनै पनि हालतमा संविधान र कानुन माथि राखेर एमसीसी पारीत गर्नुहुँदैन । यो देश र जनताप्रति ठूलो बेइमानी र राष्ट्रघात हो ।’


यदि जनताको भावना अनुसार एमसीसी पास गरियो भने देशमा ठूलो आन्दोलन हुने समेत उनको भनाई छ । साथै उनले सबै राष्ट्रवादी शक्तिहरुलाई एमसीसीको विरोधमा आउन समेत आग्रह गरेका छन् ।