नगरस्तरिय परियोजना सल्लाहकार समितिको बैठक

लमही,
२० साउन / पिएसआई नेपालको सहयोग तथा किड्स संस्थाको समन्वयमा सञ्चालित महिला स्वास्थ्य परियोजना र किशोरकिशोरी तथा युवा परियोजनाको समिक्षा गर्न बुधबार लमही नगरपालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक भएको छ ।

लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा भएको बैठकमा किड्स संस्थाले गएको आर्थिक बर्ष ०७७/०७८ मा लमही नगरपालिका भित्र गरेका गतिबिधीहरुकोे समिक्षा गरेको थियो ।संस्थाले बिगत २ बर्ष देखि लमही नगरपालिकामा महिला स्वास्थ्य परियोजना र किशोरकिशोरी तथा युवा परियोजना अन्तर्गत ओके नेटवर्कमा आबद्ध निजी क्लिनीकहरुबाट निशुल्क रुपमा परिवार योजनाको सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा सुझाव राख्दै नगरप्रमुख के.सीले परिवार योजनाको कार्य्रक्रम सन्तोषजनक रुपमा सम्पन्न भईरहेको बताए । उनले यसलाई अझ प्रभावकारी वनाउन नगरपालिका सबैको साथ र समन्वयबाट अगाडी बढ्ने बताए । ‘हामा्रे मुख्य चासो भनेको जनताले सहज ढंगबाट सेवा पाउन भन्ने हो’, उनले भने‘यसमा सरकारी तथा गैर सरकारी निकाय सबैले मिलेर काम गर्नु पर्दछ ।’

त्यस्तै लमही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र क्षेत्रीले किशोरकिशोरहरु माझ यौन तथा प्रजनन स्वास्थ्यको कार्यक्रम आबश्यक रहेको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव राखे । कार्यक्रममा निशूल्क परिवार नियोजन सेवा तथा ओके नेटवर्कमा आबद्ध निजी स्वास्थ्य संस्थाका लागी आबश्यक पर्ने साधनहरुको बिषयमा गहन छलफल भएको थियो । साधनहरु उपलब्ध गराउने सन्दर्भमा प्रष्ट पार्दै स्वास्थ्य शाखा प्रमुख लालमण्ी सुबेदीले सबै ठाउको तथ्याकं निरन्तर आइरहेको र सामाग्री उपलब्ध गराउन जिल्ला स्वास्थ्य कार्यालय संग पहल गर्ने बताए । उनले अहिलेसम्म प्राप्त साधनहरु सरकारी स्वास्थ्य संस्थामा नै अप्रयाप्तताकारण यो बिषय चुनौतीपुर्ण रहेको धारणा राखे ।


किड्स संस्थाका कार्यक्रम ब्यबस्थापक कमला शुक्लाले महिला स्वास्थ्य परियोजना र किशोरकिशोरी स्वास्थ्य परियोजना अन्तर्गत लमही नगरपालीमा निशुल्क रुपमा परिवार योजना सेवा प्रदान गरिरहेको तथा यसलाई परियोजना को उद्देश्य अनुरुप सबैको सल्लाह बमोजीम अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।

किड्स संस्थाका कार्यक्रम अधिकृत रेशम डि.सी. को प्रस्तुतीकरण पछी समक्षात्मक भनाइ राख्दै संस्थाका कार्यक्रम संयोजक हुमलाल अधिकारीले किशोरकिशोरी माझ यौन तथा प्रजनन स्वास्थ्य को बिषयलाई गा्रमिण भेगमा अझ प्रभावकारी रुपमा संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नगरपालिकाका उपप्रमुख देवका वेल्वासेलगायत अन्य सरोकारवालाहरुको उपस्थिीती रहेको कार्यक्रममा किड्स संस्थाका फिल्ड संयोजक प्रजवल धिताल लगायतले भनाई राखेका थिए ।