सीप छ तर कच्चा पर्दाथ छैन : साना ब्यबसायी

सुशील बस्नेत

दाङ,८ पुस

स्वच्छ व्यवसायी समुह नेपालले ९० जना महिलालाई हस्तकला सम्बन्धि सीप सिकाई आत्मनिर्भर बनाएको छ ।

दाङ देउखुरीको गढवा र राप्ती गाँउपालिकाका ९० जना महिलालाई हस्तकला, कृषि ,खाद्य र गैरकाष्ठ वन पैदावर बस्तु उत्पादनमा संलग्न गराएको स्वच्छ ब्यबसायी समूहका परियोजना ब्यबस्थापक बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

सिप विकास तालिम तथा प्राविधिक सहयोग, व्यवसाय तथा वजार व्यवस्थापन र स्वच्छ व्यवसाय स्थापनाको लागी क्षमता विकास, उत्पादन वजारीकरणको लागी सहयोग तथा समन्वय,समाजिक लेखाजोखा, वजार व्यवस्थापनको लागी क्षमता विकास लगायतका कार्यक्रम गरिएको जानकारी गराईएको थियो ।

स्वच्छ ब्यबसायी समूह नेपालले लमही आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा सहभागि थारु महिलाहरुले सीप सिकेर साना व्यवसायीको रुपमा आफुहरुले बस्तुको उत्पादन गर्न थोलेको बताएका हुन ।

तर कच्चा पदार्थको उपलब्धता र उत्पादीत सामाग्रीको भण्डारण गर्नका लागि कोठाको ब्यबस्था हुन नसकेको बताएका हुन ।


अव यसबारेमा स्थानीय सरकारले ध्यान दिनुपर्छ राप्ती गाँउपालिका वडा नम्वर ७ लगनशिल ढकीया उत्पादन महिला समूहका सुनरुपी चौधरी, राप्ती गाँउपालिका वडा नम्वर ६ को जनुकेरी ढकिया उत्पादन महिला सम्रहका हेना चौधरी र गढवा गाँउपालिकाको मनकामना महिला समूहका रमीता चौधरीले बताउनुभयो । उहाँहरुले भन्नुभयो,उत्पादक तथा उत्पादक समुहहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका बताउनुभयो ।

ढकियाका लागि चाहिने कच्चा पदार्थ काश र मुंज आबश्यक पर्ने भएकाले स्थानीय सरकार र बन कार्यालयले उत्पादनका लागि ब्यबस्था मिलाईदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा गढवा गाँउपालिका उपाध्यक्ष शान्ति चौधरीले उत्पादीत बस्तुको बजारिकरणमा स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो । तर महिला दिदी बहिनीहरु समन्वयमा केही मात्र आउने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका सल्लाहकार डिल्लीराज खनालले साना व्यवसायीले उत्पादन गरेको हस्तकला बस्तुको बजारिकरणमा सहयोग गर्ने बताउनुभयो । डिभिजन वन कार्यालय लमहीका बिना केसीले ढकीया बुन्नका लागि आबश्यक पर्ने काशंको उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा थारु कल्याणकारीणी सभाका क्षेत्रिय अध्यक्ष चेतराम चौधरी र नेपाल पत्रकार महासंघका सहसचिब दशरथ घिमिरेले बजारिकरणका लागि पराम्परागत बस्तुको आर्कषकमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो ।