प्रथम अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत
दंगिशरण, १५ माघ ।
दंगिशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिता २०७९ सनिवार देखि सुरु भएको छ । दंगिशरण गाउँपालिका दाङको आयोजनामा संचालित प्रतियोगिताको गाउँपालिका अध्यक्ष शम्भु गिरिले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरिएको हो ।

गाउँपालिकामा खेलकुदको पहुँच अभिवृद्धि संगै प्रतिभावान खेलाडिको पहिचान गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा पालिकाका सात वडाका फुटबल तथा भलिबल टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तरगत  सनिवार भएको फुटबल खेलमा वडा नं. ६ र ३ सेमिफाइनलमा प्रवेश गरेका छ्न । वडा नं. ६ ले वडा नं. ४ लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो । त्यस्तै वडा नं. २ लाई टाईवेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै वडा नं. ३ ले सेमिफाइनल यात्रा तय गरेको हो । सेमिफाइनल खेल  आईतवार हुनेछ्न । खेल अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री सुरेश बुढामगर,आदेश केसि,प्रकाश न्यौपाने र राजन जिएम रहनु भएको छ ।


त्यस्तै भलिबल तर्फ वडा नं. ६, वडा नं. १ र वडा नं. ३ ले सेमिफाइनल यात्रा तय गरेका छन । सेमिफाइनल खेल आईतवार हुने दंगिशरण गाउँपालिका सामाजिक बिकास समिती संयोजक तथा प्रतियोगिताका संयोजक रोषण जंग शाहले जानकारी दिनुभएको छ ।

यसैबिच दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा स्वागत दंगिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले गर्नु भएको थियो । कार्यक्रमको संचालन दंगिशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यले गर्नु भएको थियो । प्रतियोगिता माघ १६ गते सम्म चल्नेछ ।