
दंगीशरण,२३ असार ।
दङ्गीशरण गाउँपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन विपद् शाखामार्फत सशस्त्र प्रहरी बलको बेस क्याम्प तुलसीपुरलाई मौसमजन्य विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।
मङ्गलबार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रतिनिधिलाई उद्धार सामग्री हस्तान्तरण गर्नुभएको हो। गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उक्त उद्धार सामग्री प्रदान गरिएको विपद् शाखा प्रमुख यादव डाँगीले जानकारी दिनुभयो।
उहाँका अनुसार वर्षायाममा हुन सक्ने प्राकृतिक विपद्का घटनामा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सामग्री उपलब्ध गराइएको हो।बितरण गरीएका सामाग्रीहरुमा फोकस लाइट ३ थान,रेनकोट ३० थान,सर्छ लाइट २ थान ,पानी बुट ५ थान बितरण गरिएको हो ।



लाइभदाङ । २३ असार २०८३, मंगलवार २१:५० बजे