दाङमा ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते

दाङ, १९ साउन ।
दाङमा ट्रकले ठक्कर दिदा एक जना महिला गम्भीर घाइते भएकी छिन् ।

शुक्रबार दिउँसो साढे १ बजेतिर लमहीबाट पश्चिमतर्फ जाँदै गरेको सु.प.प्र–०१००१ ख २८५२ नम्बरको ट्रकले लमही नगरपालिका–८ सतवरिया स्थित एक जना महिलालाई ठक्कर दिदा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।


घाइते हुनेमा राजपुर गाउँपालिका-७ सुनपत्थरी नाका निवासी ३२ वर्षिया रामकली बोहरा रहेकी छिन् । उनलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोहरा बसबाट झरेर पसलमा सामान लिन जाने क्रममा ट्रकले ठक्कर दिएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान जारी रहेको बताएको छ ।