दंगीशरण ७ को बुटनियामा योगहल भवनको सिलन्यास

दंगीशरण, १७ फागुन ।
दंगीशरण ७ को बुटनियामा योगहल भवनको सिलन्यास गरीएको छ । आज एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिकाबाट बिनियोजित १० लाख रुपैयाबाट निर्माण हुन लागेको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरीबाट विधिबत सिलन्यास गरीएको हो ।

भवन सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले शारीरिक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताउनुभयो । पछिल्लो समय मानसिक रोगिको संख्यामा वृद्धि हुदै गएकोप्रती दुख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न योगमा जोडिन आवश्यक रहेको बताउनुभयो । अहिले सिलन्यास गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण ७ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नकालागी समेत रहेको बताउनुभयो ।


यस्तै सिलन्यास भवन सिलन्यास गर्दै कार्यपालिका सदस्य चन्दा योगिले सिलन्यास हुदै गरेको भवनले आम नगारीकलाई सहजहुने अपेक्षा लिएको बताउनुभयो । कार्यक्रममा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरीले पनि योगको फाइदा र यसको महत्त्वबारे प्रस्ट पार्नु भएकोथियो ।

योगहल सिलन्यास कार्यक्रम पतन्जलि योग समिती दंगीशरणका निबर्तमान अध्यक्ष तथा योगहल निर्माण उपभोक्ता समितीका अध्यक्ष दिपक गौतमको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा कार्यपालिका सदस्य चन्दा योगिको बिशिस्ट अथित्यतामा भएकोथियो ।