माओवादी केन्द्र तुलसीपुर ६ को बैठक

तुलसीपुर
२९ माघ / नेकपा माओवादी केन्द्र तुलसीपुर ६ को बैठक शनिबार तुलसीपुरमा भएको छ ।

वडाका कार्यबहाक अध्यक्ष कबिता भण्डारीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारीको प्रमुख आतिथ्यमा बैठक भएको हो । बैठकले वडा कमिटि सदस्य विस्तार गरेको छ, भने बिभिन्न विभागहरु समेत गठन गरेको पार्टीका नगर कमिटि कोषाध्यक्ष अमर नेपाली‘माईकल’ले बताए ।

त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले अबको निर्वाचनलाई पार्टीलाई एक विजयी बनाउन सबै वडा–वडाबाट खट्नु पर्ने बताए । उनले पार्टीकै एजेण्डामा मुलक सञ्चालन भइरहेको भन्दै अब जसको नीति उसैको नेतृत्वमा देश चल्नुपर्ने समेत बताए । उनले केपी वलीले प्रधानमन्त्रीकालागि मात्रै पार्टी एकता गरेको समेत बताए ।


कार्यक्रममा बिशिष्ट अतिथि वाइसियलका केन्द्रीय सदस्य प्रविन वली, पार्टीका तुलसीपुर नगरका सल्लाहकार समिति संयोजक केएल भण्डारी, नगर कोषाध्यक्ष अमर नेपाली माईकल, पार्टीका नगर इञ्चार्ज सिताराम शर्मा, नगर कमिटि सदस्य दिपक बोहरालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहसचिब प्रकाश परियारले गरेका थिए ।

साथै बैठकले वडालाई चलायमान बनाउने समेत निर्णय गरेको छ ।