नागरिक हस्पिटलमा मुटुरोग विशेषज्ञ आउने

देव राज कँडेल
तुलसीपुर,७ पुस ।

दाङको तुलसीपुरकोे ‘ग’ लाईन स्थित नागरिक मेडिकल अस्पतालमा मुटुरोग बिशेषज्ञ आउने भएका छन् । अस्पतालका एमडी सुरज ज्ञवालीका अनुसार यही पुस १४ गते विहीबार मुटुरोग विशेषज्ञ आएर निःशुल्क ओपीडी सेवा प्रदान गर्नेछन् ।

शहीद गंगालाल मुटु अस्पताल तथा बीर अस्पतालबाट अनुभव प्राप्त रही हाल लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अर्जुन बुढाथोकी आएर सेवा दिने भएका हुन् । हाल दाङमा मुटुरोग विशेषज्ञ छैनन् । त्यसले गर्दा उपचारकालागि बाहिरी जिल्ला जानुपर्ने अबस्था छ ।

यसलाई मध्येनजर गरि स्थानीय स्तरमै सेवा दिन बिशेषज्ञलाई तुलसीपुर बोलाईएको हो । मुटुका अप्रेशन गरेका विरामी, पीटी, आईएनआर, रक्तचाप, इको, इसीजीलगायतका सेवा प्रदान गरिनेछ । उक्त सेवा लिनकालागि ज्ञवालीले सबैलाई अनुरोध गरेका छन् ।


केही दिन अघि मात्रै अस्पतालले स्नन क्यान्सर बिशेषज्ञ ल्याएर निःशुल्क उपचार प्रदान गरेको थियो । त्यतिबेला ९० जनाले सहज सेवा लिएका थिए । चितवनबाट स्तन क्यान्सर विशेषज्ञ डा.सञ्जय पाण्डे आएका थिए । आर्थिक अभाब हुनेहरुलाई मध्येनजर गरि यस्ता सेवाहरु दिइरहेको एमडी ज्ञवालीले बताए ।

हस्पिटलले हाल जनरल फिजिसियन बिशेषज्ञ सेवा,नाक,कान,घाँटी रोग बिशेषज्ञ सेवा, सल्यक्रिया, रेडियोलोजी, प्रसुती तथा महिला रोग बिशेषज्ञ सेवा, ल्याब , फर्मेसीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।