तुलसीपुुर
२८ माघ / नेकपा (माओवादी केन्द्र) तुलसीपुरले शुक्रबार तुलसीपुरमा भएको आगलागीबाट जुन क्षति भयो, त्यो क्षति आगामी दिनमा हुन नदिनकालागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ । पार्टीका नगरअध्यक्ष खुसीराम चौधरी र सचिब तुराराम भण्डारी‘बारुद’ले शुक्रबार एक शोक बक्तब्य जारी गर्दै यस्तो बताएका हुन् । ‘यस्ता घटनाबाट पाठ सिक्दै सम्बन्धित पक्षले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनकालागि गम्भीर भएर लाग्न समेत अनुरोध गरेका छौं ।’बक्तब्यमा भनिएको छ‘ मानवीय तथा ठूलो जनधनको क्षति हुने गरि हुने यस्ता घटनालाई न्यूनिकरण गर्न हाम्रो पार्टी गम्भीर भएको र यस्ता घटना रोक्न गर्नुपर्ने भूमिका निर्वाह गर्ने सन्दर्भमा अघि अगाडी रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछौं ।’
अकस्मात आउने यस्ता घटनाले बारम्बार मानिसलाई पिरोल्ने भन्दै यस्ता घटना किन घटिरहेका छन्, यसको समाधान के हुन्छ, भन्ने विषयमा सम्बन्धित निकायले सत्य,तथ्य छानविन गरि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन भूमिका खेल्न पनि अनुरोध गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपाकिा वडा नं. ५ ‘ङ’ लाईन स्थित ईरम फुटवेयरमा शुक्रबार विहान २ बजेतिर आगलागी हुँदा अर्घाखाँची घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० बर्षीय नगरदिन अली, उनका १३ बर्षीया छोरी सुजिता खातुन अली र ५ बर्षीय छोरा अविददिन अलीकासाथै सुर्खेत घर भई हाल भाडामा बस्दै आउनु भएका १६ बर्षीय मसिन बक्स र उनका भाई १४ बर्षीय हसन बक्सको मृत्यु भएको हो ।
लाइभदाङ । २८ माघ २०७८, शुक्रबार १९:४० बजे