माबि सौडियारमा बिब्यस सदस्यका लागि चार जना सदस्य निर्बिरोध

दाङ,१९ जेठ ।
श्री माध्यमिक विद्यालय सौडियार दाङको बिद्यालय व्यवस्थापन समिति सदस्यहरु निर्बिरोध चयन भएका छन ।निर्वाचन कार्यतालिका अनुसार दुईजना महिला सदस्यका लागि दुई जनाको र खुल्लातर्फ दुईजना सदस्यका लागि तीन जनाको मनोनयन दर्ता भएको थियो। दुई जना महिला सदस्यमा घोराही ७ सौडियारकी इश्वरि बुढा र हनरियाकी रञ्जु चौधरी निर्बिरोध चयन भएका छ्न भने खुला तर्फका दुई जना सदस्यका लागि कबिता चौधरी र कल्लु कोरि पनि निर्बिरोध भएका छ्न ।


बिब्यसको खुला सदस्यका लागि पुर्ब बिब्यस अध्यक्ष भइसकेका शरद केसिले आफ्नो उम्मेद्वारी फिर्ता ल्याएपछि चार जना सदस्य सबै निर्बिरोध भएका हुन ।