नगरसभामा तुलसीपुरका मेयरले भनेः हामीले गरेका विकास छिटो नयाँ मेयरलाई हस्तान्तरण गर्न चहान्छौं

तुलसीपुर
२८ माघ /  तुलसीपुर उपमहानगरपालिकाको दशौं नगरसभा सुरु भएको छ । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नेपालकै उत्कृष्ट उपमहानगरपालिका बनाउन सफल भएको दावी गर्नुभयो ।

साथै उहाँले अन्तिम बर्षमा उपलब्धीमुलक काम गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो यो कार्यकालमा नेपालकै उत्कृष्ट उपमहानगर घोषित भएको, समृद्धि तुलसीपुर ,सवैका लागि ,सधैका लागी भन्ने नाराका साथ शहर देखी ग्रामिण भेग सम्म सडक,विद्युत, खानेपानी, सिचाई, स्वास्थ्य, खानेपानी,खेलकुद लगायतमा उपलब्धी भएको बताउनुभयो ।


साथै बहुप्राविधिक शिक्षालय, स्वास्थ्य हबका रुपमा मेट्रो अस्पताल सञ्चालन गर्न सफल भएको बताउनुभयो । त्यस्तै टरिगाउँ विमानस्थलमा नियमित हवाई उडान भईरहको , सबै वडामा स्वास्थ्य संस्था पुगेको, उपमहानगरपालिकालाई मातृशिशु मुत्युदर शून्यमा झार्न सफल भएको, सुरक्षित मेयर आवास कार्यक्रम अन्र्तगत जस्तापाता वितरण गरेको, अहिले सम्म १२ सय किलोमिटर सडक स्तरोन्नतीको गरेको बताउनुभयो ।

तुलसीपुरलाई स्मार्ट सिटीको अवधारणा अनुसार विकासको मुख्य आधार स्तम्भ भएको बताउनुभयो । यस्ता योजनाहरु आउने जनप्रतिनिधिलाई हस्तान्तरण गर्न आतुर रहेको समेत उहाँले बताउनुभयो ।