सर्वहारा बर्गको परिचय जोगाइरहलान् ‘टिकाराम’

दिपक बोहरा

तुलसीपुर, २५ जेठ ।

कम्युनिष्टहरु सर्वहारा वर्गकै नेतृत्व गर्ने पार्टीहरु हुन्, तर, जब सत्तामा पुग्छन्, उनीहरु आफ्नो बर्ग विर्सिन्छन्, जनता विर्सिन्छन्, र पुजिपतिहरुसंग साँठगाँठ गर्छन् । सत्तामा पुगेपछि के काँग्रेस, के कम्युनिष्ट सबैको प्रबृति एउटै हुन्छ, भन्ने कुरा स्थापित भएपछि टिकारामलाई पनि शंका गर्नु नपर्ने कारण देखिदैन । किनकी टिकाराम एउटा ‘पावरफुल’ सत्ताको प्रमुख हुन् ।

तुलसीुपरका मेयर निर्वाचित टिकाराम खड्का । जसको तुलसीपुर १८ को अक्कासीमा सानो झुप्रो छ । त्यो पनि आधा मात्रै । पैसा नहुँदा त्यो घर निर्माण पूरा नभएर अधुरै छोडिएको छ । बरन्डा निर्माण कार्य आधा मात्रै छ । घर पनि आफ्नो नामको जग्गामा छैन । ऐलनी जग्गामा घर छ । घर नजिकै पाँच कठ्ठा बारी छ । त्यसैबाट उनको जीवन निर्वाह भइरहेको छ । उनी एमाले दाङका अध्यक्ष पनि भए, भने माओवादी केन्द्र र एमालेबीच एकता हुँदा भएको नेकपाको पनि जिल्लाको अध्यक्ष भए । नेकपा हुँदा होस्, या एमाले हुँदा होस्, जिल्लाको पार्टी नेतृत्वमा लामो समय नेतृत्वमा रहे ।

२०७४ सालमा उनकै नेतृत्वमा दाङमा एमालेले ६ वटा पालिका जितेको थियो । पार्टी भित्रको लगाब, सामाजिक ब्यक्तीत्वको छबि बनाएका टिकारामले अहिले तुलसीपुरको मेयर जित्ने आधार यसैलाई मान्छन् । भन्छन्‘मैले राजनीतिक, सामाजिक जीवनमा ब्यक्तीगत लाभ भन्दा पनि पार्टी र समाजकै लागि उर्जावान समय खर्चिएँ, त्यही नै मेरो जित्ने आधार हो ।’ गठबन्धन हुँदा एमाले कमजोर हुँदा पनि आफूले जित्ने एउटा आधार भनेको आफूले बनाएको स्वच्छ छबि नै भएको उनी बताउछन् । काँग्रेस भित्रको अन्तरविरोध पनि टिकारामको जित्ने एउटा आधार हो । काँग्रेस भित्र तुलसीपुरमा गेहेन्द्र गिरी र दीपक गिरी लडाई यो निर्वाचनमा पनि निवारण हुन सकेन । गेहेन्द्र गिरीलाई जिताएर संघको निर्वाचनकालागि आफू बलियो बन्ने र जित्ने आधार तयार गर्ने दीपक गिरीको सपना तुहियो । गेहेन्द्रको हारले दीपकलाई धक्का लाग्ने देखिन्छ । उद्यपी पश्चिमका तीन पालिकामा भने दीपक गिरीले आफ्नो टिम भित्रकै नेतालाई टिकट उपलब्ध गराएर जिताउन पनि सफल भए । तुलसीपुरमै काँग्रेस भित्रका दीपक गिरीको टिमका वडाध्यक्षका उम्मेदवारले जिते । तर, गेहेन्द्र गिरीको टिम भित्रका उम्मेदवारले एउटा बाहेक सबै ठाउँमा हार ब्यहोरे । तुलसीपुर १७ मा मात्रै थलराज पुरीले जिते । उनी गेहेन्द्रका टिम भित्रका ब्यक्ती हुन् । त्यस्तै तुलसीपुर ८ का जितबहादुर केसी पनि गेहेन्द्र गिरी निकट हुन् । उनले चुनाब जित्न सकेनन् । त्यो बाहेक काँग्रेसबाट उम्मेदवार बनेका वडा नं.२,५,६,७,९,१०,११,१३,१४ का उम्मेदवारहरु दिपक गिरी निकट हुन् । तुलसीपुरमा ८ र १७ बाहेक सबै वडा दिपक गिरी निकटले पाएका थिए । किनकी गेहेन्द्र गिरीले मेयर पाएपछि सबै वडामा दिपक गिरीले कब्जा जमाएका थिए । दिपकले लिएका ५,७,९,१४ बाहेक अन्य वडा जित्न सकेनन् ।

मतगणनाका क्रममा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाका पनि केही मत क्रस थिए । तर, अधिकास काँग्रेसबाटै धेरै मत क्रस भएका स्पस्ट देखिन्थ्यो ।‘धेरै घात काँग्रेसबाटै भएको हो, वडामा आफ्ना उम्मेदवारको प्यानललाई आउने तर, मेयर–उपमेयरमा एमालेलाई भोट गएको देखिन्थ्यो’, मतगणना स्थलमा गएका एक काँग्रेसकै नेताले भने ।

यद्यपी टिकारामको जितको प्रमुख कारण भने ब्यक्ती हेरेर दिने मतलाई आफू तिर तान्न सफल भए । किनकी उनले आफू उनी सर्वहारा बर्गको नेता भएको बताए । जनतालाई प्रभाबित पार्न सफल भए । टिकाराम आफै भन्छन्‘मेरो र मेरो परिवारको नाममा–अहिलेसम्म लालपुर्जा छैन ।’

तर, टिकारामको जग्गाकै विषयमा यस अघि सामाजिक सञ्जालमा चर्चा नगरिएको होईन् । उनकै पार्टीका महिला नेतृ सरिता सुवेदीले टिकाराम र उनको परिवारसंग बर्दियामा चार विघा जग्गा भएको भनि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन । त्यतिबेलै त्यसलाई प्रमाािणत गर्न खड्काले सुवेदीलाई चुनौति दिएका थिए । कहिलेकाहि यस्ता सानातिना आलोचना खड्काले नखेपेको पनि होईन् । आफ्नै क्षेत्रमा रहेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई नयाँ नेतृत्व दिन नसक्नुले पनि उनले आलोचना खेप्नु परेको थियो । उनी लामो समय आफ्नै घर नजिकैको जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष बनेका ब्यक्ती हुन्, भने तत्कालिन समयमा नेकपाका जिल्ला अध्यक्ष पनि भएका ब्यक्ती थिए । तर, छिमेकी खानेपानी संस्थाको समस्यामा मुकदर्शक बनेपछि उनको निकै आलोचना हुने गथ्र्यो । पटक–पटक एउटै खानेपानी संस्थामा अध्यक्ष भनेपछि त्यहाँपनि उनलाई निकै आलोचना भयो । खानेपानी अहिले स्थानीय सरकारका समानान्तर सत्ता जस्तै गरि चलेका छन् । खानेपानी संस्थाहरु स्थानीय सरकार मातहत नहुँदा खानेपानी संस्था र स्थानीय सरकारबीच तालमेल पनि हुन सकिरहेको छैन् ।


खड्का एउटा एजेण्डामा अडीग हुन नसकेका ब्यक्तीका रुपमा पनि चित्रण गरेर आलोचना गर्ने गरिन्थ्यो । पछिल्लो पटक माधव नेपाल र केपी वलीबीचको अन्तरविरोधमा उनी कहिल्यै यता र कहिल्यै उता गरे । सुरुमा माधव नेपालको साथमा रहेका उनी निर्णायक समयमा माधव नेपाललाई धोका दिएको भनि आलोचना पनि हुनेगर्छ ।

सानातिन आलोचना राजनीति गर्दा स्वभाविकै आउछन्, नै । जहाँ अपेक्षा हुन्छन्, त्यहाँ असन्तुष्टि पनि हुन्छन्, त्यसकै उपज यस्ता असन्तुष्टिहरु पैदा हुन्छन्, र पोखिन्छन् । यस्ता आलोचनाका बीचबाट पनि टिकारामले आफूलाई सादकी, इमान्दार,स्वच्छ छबिको नेताका रुपमा चिनिए र जनताले विश्वास गरे ।

अब यो छविलाई जोगाउन टिकारामका अगाडी चुनौति भने खडा भएका छन् । साँच्चिकै उनी अब सर्वहारा रहिरहन्छन्, वा वर्ग उत्थान गरेर आफूलाई पुजिपति बर्गमा परिणत गर्छन ? यो प्रश्न चिन्ह खडा हुँदै गर्दा हरेक ब्यक्तीको बर्ग उत्थान हुनुपर्छ, हरेक ब्यक्ती आत्मनिर्भर हुनुपर्छ, समृद्ध हुनुपर्छ । तर, बर्ग उत्थान पछि सर्वहारा वर्गको नारा लिएर माथि गएकाहरुले त्यही बर्गलाई विर्सिने गरेका धेरै उदाहरणहरु छन्, त्यसैले पनि यो जोगाउन टिकाराम खड्काका अगाडी चुनौति थपिएका छन् । कम्युनिष्टहरु सर्वहारा वर्गकै नेतृत्व गर्ने पार्टीहरु हुन्, तर, जब सत्तामा पुग्छन्, उनीहरु आफ्नो बर्ग विर्सिन्छन्, जनता विर्सिन्छन्, र पुजिपतिहरुसंग साँठगाँठ गर्छन् । सत्तामा पुगेपछि के काँग्रेस, के कम्युनिष्ट सबैको प्रबृति एउटै हुन्छ, भन्ने कुरा स्थापित भएपछि टिकारामलाई पनि शंका गर्नु नपर्ने कारण देखिदैन । किनकी टिकाराम एउटा ‘पावरफुल’ सत्ताको प्रमुख हुन् । यस अघि पनि उनकै पार्टीले नेतृत्व गरेको सत्तामा टिकाराम पुग्दा के फरक होला भन्ने कुरा सबैको चासोको विषय पनि बन्ने गरेको छ । त्यही स्कुलिङबाट आएका ब्यक्ती हुन् ।

उनले कस्ता ब्यक्तीका सल्लाह लिन्छन्, भन्ने कुराले पनि प्रभाब पार्छ । टिकाराम एक्लैले सत्ता चलाउने कुरा पनि होइन्, पार्टीको नीति र विधि, घोषणा पत्रमा पनि टेक्नु पर्छ, होला । त्यतिमात्रै होईन्, पार्टीका नेता र कार्यकर्ताको मर्म र भावना पनि बुझ्नु पर्ला । त्यसो गर्दा कार्यकर्ताको अपेक्षा र उनका सल्लाहकारको सुझाबले पनि उनी कतातिर जान्छन्, भन्ने कुराको निर्धारण गर्छ । सर्वहारा वर्गका मेयरले धनाड्य सल्लाहकार मान्न थालेपछि कस्तो बर्गको हित गर्ला, भन्ने प्रश्न पनि खडा हुन्छ ।

यो चिन्ता र चासो कसैको बर्ग उत्थान नहोस्, भनेर होईन्, आम सर्वहारा वर्गको नाम र भावना बोकेर गएकाहरुको प्रबृति कस्तो रहने, आम सर्वहारा बर्गको सत्तासंग पहुँच पुग्ने की पुजिपतिले नै हालीमुहाली गर्ने भन्ने तर्फ पनि हो भने, राजनीतिक रुपमा सर्वहारा बर्गको नाम निकै विक्ने भएकाले अर्को पटक निर्वाचन लड्दा यो नारालाई लगाउन नैतिक आधार बाँकी राख्ने की भत्काउने भन्ने नै हो । हलीबाट उठेर पनि मेयर बन्ने सकिन्छ्, भन्ने एउटा उदाहरणलाई जिवान्त राख्ने कि यही बाट तुहाउने भन्ने जिम्मा पनि टिकाराम कै हो । किनकी अहिले उनले पैसा नहुँदा पनि चुनाब लडेर जित्न सकिन्छ, भन्ने एउटा गतिलो आधार र उदाहरण बनेका छन् । तर, उनी सर्वहारा बर्गका नेता भएपनि उनकालागि आर्थिक रुपमा सहयोग गर्ने ब्यक्तीहरु अर्कै थिए । त्यो कुरा प्रष्ट उनको चुनाबमा देख्न सकिन्थ्यो ।

तै पनि अर्को पटक पनि एउटा हलि चुनाब लड्न आँट गरोस्, र जितोस्, त्यो वातावरण तयार गर्न टिकारामको भूमिका कत्तिपनि नडग्मगाओस् । शुभकामना । शाभारः अग्रिम साप्ताहिक

May be an image of 5 people, people standing and text