मोटरसाइकल पल्टिदा वली घाइते

तुलसीपुर, २४ साउन ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगडीमा मोटरसाइकल अनियन्त्रीत भएर पल्टिदा चालक घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँ निवासी ३० वर्षका कमल वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।


बिजौरीबाट बाँसगडी तर्फ जाँदै गरेका रा ४ प ८६४४ मोटरसाइकल अनियन्त्रित भई पल्टिदा गम्भिर घाइते भएका चालक वलीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।