दाङको एक खानेपानी समितिमा काँग्रेस,एमाले र रास्वपाको गठबन्धनलाई हराउँदै नेकपा विजय

दाङ, १३ साउन ।
दाङको एक खानेपानी समितिमा काँग्रेस, एमाले र रास्वपाको गठबन्धनलाई हराउँदै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ । दंगीशरण गाउँपालिका वडा नं. ७ स्थित बुटनिया–बुट्टीपुर खानेपानी तथा सरसफाई आयोजना समितिको शनिबार भएको निर्वाचनमा रास्वपाका एक जना सदस्य बाहेक अन्य सबै पदाधिकारी तथा सदस्यमा नेकपानै विजयी भएको हो ।

नेकपाका दाङ जिल्ला सदस्य विरबहादुर वली(विरु) का अनुसार ११ सदस्यीय रहेको समितिमा नेकपाका देशुराम चौधरीको अध्यक्षताको टिम विजजी भएको हो ।


जसको उपाध्यक्षमा नानीमैया भण्डारी,सचिबमा कृपाल चौधरी, कोषाध्यक्षमा गोमा बुढाथोकी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा डिल्लीबहादुर चौधरी,सीता चौधरी,डिला कुँवर,हेमबहादुर बुढा मगर, राधीका चौधरी, इन्द्रबहादुर चौधरी र पूर्णबहादुर चौधरी विजयी भएका हुन् । सदस्यमा निर्वाचित पूर्णबहादुर मात्रै रास्वपा समर्थित हुन् ।