
तुलसीपुर,१६ असार ।
पहिरो खसेपछि राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड अबरुद्ध भएको छ । सोमबार दिनभरको वर्षाले सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
सडक अबरुद्ध भएपछि दाङ, सल्यान, रुकुम जोड्ने प्रमुख यातायात मार्गमा सवारी आवागमन ठप्प भएको छ । पहिरो हटाउन जेसिबी पठाइएको भए पनि कतिबेला सम्म सडक खुल्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन ।
प्रहरीले थप पहिरोको जोखिम पनि रहेकाले सडक सुचारु नभएसम्म यात्रामा ननिस्कन अनुरोध गरेको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सल्यान प्रहरीले अनुरोध गरेको छ ।



लाइभदाङ । १६ असार २०८२, सोमबार १९:५४ बजे