
प्यूठान,१३ असार ।
आफैंले चलाएको जिप दुर्घटना हुँदा प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उममेयर मीनराज राना मगरको मृत्यु भएको छ ।
स्वर्गद्वारी-२ बाङ्गेसल्लास्थित स्वर्गद्वारीबाट धनवाङ तर्फ जाँदै गरेको लुप्र०१-००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपमेयर ५० वर्षीय राना मगरको मृत्यु भएको हो ।
शनिबार अपरान्ह पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाएको जिप सडकदेखि ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । १३ असार २०८३, शनिबार १९:२७ बजे