शान्तिनगरमा भिडियो एक्सरे सेवा

निराश पान्डे
शान्तिनगर,११ जेठ । शान्तिनगर गाउँपालिकाले आज देखि गर्भवती महिलाहरुकालागि भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याएको छ। शान्तिनगर गाउँपालिकामा रहेका ४औ र ८ औ महिनाका गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे संचालनमा ल्याइएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए । यो सेवा निःशुल्क रहनेछ ।

उक्त सेवाको गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले शान्तिनगरका सबै वडा स्वास्थ्य चौकिमा यो सेवा बिस्तार गरिने बताए ।


आज मात्रै वडा नम्बर ३ र ४ का चार जना गर्भवती महिलाहरुलाई भिडियो एक्सरे सेवा प्रदान गरिएको संयोजक पुनले जनाएका छन।