तुलसीपुरमा खुल्यो साझा अस्पताल

तुलसीपुर, ५ असार ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अस्पतालले गाउँ र शहरलाई जोड्नु पर्ने बताए । दाङको तुलसीपुरमा शुक्रबार साझा अस्पतालको उद्घाटन शत्रमा पूर्वमुख्यमन्त्री चौधरीले गाउँका जनताको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउनुभयो । अहिले पनि गाउँका जनताले बिशेषज्ञ सेवा प्राप्त गर्न नसकेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुर तथा आसपासका विरामीलाई बाहिर रेफर गर्ने वातावरण अन्त्य गर्न यस्ता अस्पतालको भूमिका महत्वपूर्ण हुने बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेमा यहाँका विरामी बाहिर जानु पर्ने अबस्थाको अन्त्य हुने बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगर प्रमुख घनश्याम पाण्डेले विरामीले खानपान, शारिरीक ब्याम, सोचाईजस्ता कुरामा ध्यान दिदा मानिश स्वस्थ हुने बताए ।


अस्पतालले २५ सैयाबाट सुविधा दिने सञ्चालक डा।रोशन गुप्ताले बताए । इमरजेन्सी सेवा, प्रसुती तथा अपरेशन,हाडजोर्नी तथा नशा रोग, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा प्रदान गरिने उनको भनाई छ । त्यस्तै इन्टरनल मेडिसिन, तथा छातिरोग विशेषज्ञ सेवा,बालरोग विशेषज्ञ सेवा, नाक कान तथा घाँटीरोग विशेषज्ञ सेवा, सर्जरी विशेषज्ञ सेवा,मुटुरोग विशेषज्ञ सेवा,मृगौला रोग विशेषज्ञ सेवा प्रदान गरिनेछ ।

त्यस्तै एनआईसियु, एचडियु, इलास्टोग्राफी स्क्यान, फोरडी भिडियो युएसजी सेवा, इसीजी इको सेवा, सीआरम मेसिनबाट हाडजोर्नी सम्बन्धी अप्रेशन सेवा,मानसिक तथा नशा रोगलगायतका सेवा प्रदान गरिने समेत उनको भनाई छ ।