
तुलसीपुर, ४ असार ।
दाङको तुलसीपुर नगर जेसिजले व्यबसायी तथा विद्यार्थीहरुलाई कर शिक्षा दिएको छ । जेसिज सप्ताह अन्तर्गत विहीबार व्यबसायीहरुलाई कर प्रणाली, लेखा परीक्षण तथा बित्तिय अनुशासनका विषयमा आधारभूत तालिम प्रदान गरेको हो ।
अध्यक्ष कमल प्रकाश शर्माको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टन्डनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि टन्डनले व्यबसायीहरुमा कर शिक्षा अनिवार्य रहेको बताए । उनले नेपालमा राजनीति, कर्मचारी प्रशासन मात्रै नभई ब्यबसायिक क्षेत्र पनि सुधार हुनुपर्ने बताए । त्यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले नेपाली व्यबसायीहरुले खर्च गर्न सक्ने, तर हिसाब ब्यबस्थित तरिकाले राख्न नसक्ने अबस्था रहेको बताए । उनले ब्यबसायीहरुले विल समेत कसरी काट्ने भन्ने कुरामा बिशेष ध्यान दिनुपर्ने बताए । त्यस अवसरमा घनश्याम सापकोटाले कर शिक्षा प्रदान गरेका थिए ।
त्यस अवसरमा पूर्वध्यक्ष पूर्ण विक्रम डाँगी, सालिकराम वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिब शुसान्त सापकोटाले गरेका थिए ।



लाइभदाङ । ४ असार २०८३, बिहीबार २२:३८ बजे