बालेन ले विकास होईन्, स्टन्टवाजी गरेका छन् : महासचिब पोख्रेल

तुलसीपुर, ६ असोज । नेकपा एमालेका महासचिब शंकर पोखरेलले बालेनले विकास गर्न नसकेको बताए ।

नेकपा एमाले तुलसीपुर नगर कमिटिको दास्रो अधिवेशनलाई आईतबार तुलसीपुरमा सम्बोधन गर्दै महाँसचिब पोख्रेलले नेताको चर्चा विकास अनुसार हुनुपर्ने भन्दै काठमाडौंमा पुँजिगत खर्च न्यून रहेको बताए ।


साथै बालेनले समाजमा अराजकता मच्चाउने, स्टन्टवाजी गर्ने ,अनुशासनहीन कार्य गर्ने गरिरहेको समेत बताए । उनले यस्ता कुरा नियन्त्रण गर्न नयाँ पुस्ता राजनीतिमा आउनु पर्ने बताए।

“सभ्य समाज निर्माण, मुलुको विकास र समृद्धिकालागि नयाँ पुस्ता राजनीतिमा आउनु पर्छ”,उनले भने “ तर, राजनीतिमा अराजकता, अुनशासनहिनता, गतल संस्कृत निर्माणकालागि आउने होईन् ।”