छतबाट खसेर दाङका एक शिक्षकको मृत्यु

दाङ
२८ माघ / दाङएका एक शिक्षकको होटलको छतबाट खसेर मृत्यु भएको छ ।

सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँका सहायक प्रधानाध्यापक राप्ती गाउँपालिका वडा नंं ३ बाघढढ्डी निवासी ४९ वर्षिय रेशमराज पोख्रेलको काठमाण्डौं बालाजु स्थित नेपाल भ्यु होटलको ५ तल्ला भवनबाट खसेर मृत्यु भएको हो ।


विवाहमा गएका पोख्रेल बुधवार राती २ बजे होटलको छतबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते पोख्रेलको काठमाण्डौं बीर अस्पतालमा उपचारका क्रममा बिहिवार विहान ८ बजे मृत्यु भएको हो ।