
दंगीशरण, ८ भदौ ।
दंगीशरण गाउँपालिका वडा नं. ७ को आयोजना,दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग समृद्ध समाज, उज्ज्वल समूह र सयपत्री समुहको सहजीकरणमा हरीतालिका तिज र अट्वारीको अवसरमा शुभकामना आदानप्रदान, तिज तथा अट्वारी विशेष कार्यक्रम दंगीशरण ७ को मन्त्री डाँडामा सम्पन्न भएको छ ।
वडा नं. ७ का वडा सदस्य चन्दा योगीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा वडा अध्यक्ष रेशम वलीको बिशिस्ट आथित्यतामा तिज मिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न भएको हो ।
तिज बिशेष तथा अट्वारीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुले सवै जातजाति तथा तथा हरेक वर्गको सम्बोधन हुने गरि कार्यक्रम अगाडि बढाएको बताउनुभयो । महिलाहरुको सम्बोधनका लागि आफुहरु निर्वाचित भएर आए पश्चात निरन्तर तिज विशेष कार्यक्रम वडा वडामा संचालन गरेको अध्यक्ष गिरीको भनाइ छ ।
यस्तै सोही अवसरमा वडा नं.७ का वडा अध्यक्ष रेशम वलीले तिज पर्वमा महिला दिदिबहिनीहरु एक ठाउँमा जम्मा भएर सुख दुःख साट्दै आफ्ना पिर ब्यथाहरु ब्यक्त गर्ने पर्व भएकाले यस पर्वलाई मौलिक तवरले मनाउन र भड्किलो नबनाउन आग्रह गर्नुभयो ।



लाइभदाङ । ८ भाद्र २०८२, आईतवार १९:१८ बजे