दंगीशरणमा थाकलको पातवाट हस्तकला सामाग्री उत्पादन सम्बम्धि ३० दिने तालिम सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, ४ असार ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा ओम राजश्री मल्टि एग्रो प्रालि काठमाडौको प्राविधिक सहयोगमा ‘स्थानिय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार’ भन्ने मुल उदेश्यका साथ महिलाहरुका लागि प्राकृतिक रेशाजन्य वनस्पती थाकलको पातवाट हस्तकला विभिन्न सामाग्री उत्पादन सम्बन्धि ३० दिने सिपमुलक तालिमको आज एक कार्यक्रमकाविच समापन गरीएको छ ।

दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ३० दिने तालिमको समापन गरीएको हो ।

समापन अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्थानियस्तरको कला कौशललाई देश बिदेशसम्म पुर्याउन पनि यहाँका महिलाले सिकेको सिपलाई व्यबहारमा उतार्न आवश्यक रहेको बताउनुभयो ।

पुरानो कला संस्कृती र परम्परालाई जोगाइराख्न यस्ता सिपको विकासमा आफुहरु लागी परेको अध्यक्ष गिरीको भनाइ छ । आधारभुत तालिम दिएको र सहभागीहरुको रुचि र माग अनुसार एड्भान्स तालिम समेत प्रदान गर्न सकिने बताउनुभयो ।तालिम सिकेर एउटा सफल व्यावसायि,उद्यमी बन्नसके मात्र तालिमको उपलब्धि हुने अध्यक्ष गिरीले बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले विकासका पुर्वाधारका साथ साथै लक्षित बर्गका नागरिकको सिप विकासका लागि बजेट विनियोजन गरेको बताउनुभयो । परम्परागत भन्दा पृथक सैलिबाट आकर्षक तवरले बुनियाका स्थानीय उत्पादनले बिदेशी बजारमा समेत मुल्य पाउने उपाध्यक्ष खड्काको भनाइथियो । सिप कहिले नमर्ने र सिप हासिल गरेपछि थोरैभएपनि आयआर्जनमा सहयोग मिल्ने उपाध्यक्ष खड्काले बताउनुभयो ।सिप सिकेर उद्यमी बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

प्रशिक्षक सिता गैरेले तालिम लिएर मात्र नहुने भित्री मनदेखिनै खालि समयको सदुपयोग गर्दै व्यबहारमा उतार्दिन आग्रह गर्नुभयो । प्रशिक्षार्थि नमुना लामिछानेले आगामि दिनमा अझै सिप अभिबृद्दी गर्ने खालका कार्यक्रम ल्याइदिन आग्रह गर्नुभयो ।

यस्तै सहभागि कमला गिरीले तालिमले आफुहरुलाई उद्यमी बन्न र जिविकोपार्जनमा ठुलो सहयोग पुग्ने गिरीले बताउनुभयो । कार्यक्रमको सहजीकरण महिला बालबालिका साखा प्रमुख सुनकुमारी घर्तीले गर्नुभएकोथियो ।