चोरी मुद्धाका फरार प्रतिवादी ३ वर्ष पछि पक्राउ

तुलसीपुर, २२ कात्तिक ।
दाङ प्रहरीले चोरी मुद्धाका फरार प्रतिवादीलाई करिब ३ वर्ष पछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ का १९ वर्षीय शुभम केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

           


केसीलाई दाङ देउखुरी जिल्ला अदालतको २०७६ माघ २३ गतेको फैसलाले नकवजनी चोरी मुद्धामा १ वर्ष ५ महिना ४ दिन कैद र १५ हजार रुपौया जरिमाना तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेका केसीलाई खोजतलासीको क्रममा घोराही १५ बाट सोमबार बिहान ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक राजन कुमार गौतमले जानकारी दिए । केसीलाई मंगलबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको छ ।