
तुलसीपुर, २४ जेठ । भवानी सामुदायिक बन अन्तर्गत दाङको दंगीशरण गाउँपालिका वडा नं.६ स्थित लेटारमा दीगो बन ब्यबस्थापनका नाममा अनियमित भएको हुन सक्ने भन्दै स्थानीयले अख्तियारमा उजुरी गरेका छन् ।
आर्थिक अनियमितता, प्रक्रिया नपु¥याएको, विगतका बर्षमा न्यून रकममा काठ विक्री गरेको जस्ता आरोप लगाएर अख्तियारमा उजुरी गरेका हुन् । साथै चालु बर्षमा पनि दीगो बन ब्यबस्थापनका नाममा काटिएका रुखहरु विक्री गर्न नदिने समेत स्थानीयको अडान छ ।
यदी स्थानीयलाई थाहै नदिई रुख विक्री गरेमा कडा प्रतिवादन गर्ने समेत स्थानीयको चेतावनी छ । शनिबार लेटारमै प्रेस विज्ञप्ति जारी गरि यस्तो जानकारी दिईएको हो ।
उनीहरुले गएको बर्ष बजारमा ५ हजार क्यूफिट काठको मूल्य पर्नेमा एक हजार दुई सय ६५ मा विक्री गरेको, बनको काठ हुँदा हुँदै फलामको डन्डीले तारबार गरेको, दीगो बनको प्रक्रिया नपु¥याएको जस्ता आरोप पनि स्थानीयले लगाएका छन् ।
साथै बनको जग्गामा सरकारी भवन बनाएको, बनको बीचमा डोजर चलाउँदा समेत स्थानीयलाई कुनै जानकारी नदिएको स्थानीय डीवी रावतले बताए । यस विषयमा आरोपित पक्षको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । यद्यपी आरोपित पक्ष सम्पर्कमा आएर प्रतिक्रिया दिन चाहेको खण्डमा प्रतिक्रिया समेटिनेछ ।



लाइभदाङ । २४ जेष्ठ २०८३, आईतवार २१:३८ बजे