एमालेले बनायो दाङकी सिद्धिकीलाई समानुपातिक सांसद

दाङ, ३० फागुन । एमालेले दाङ निवासी साजिदा सिद्धिकीलाई समानुपातिक सांसद बनाएको छ ।

उनी मुस्लिम महिला तर्फ एक नम्बर सूचिमा थिइन । सिद्धिकी दाङ घोराही निवासी हुन् । उनी यस अघिका निर्वाचनमा पनि समानुपातिक सूचिमा परेपनि सांसद हुन पाएकी थिइनन् । यो पटक भने उनी सांसद हुने मौका पाएकी छन् ।

उनी बिभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल महिला हुन् । एमालेले १६ समानुपातिक सांसदको नाम टुंग्याएको छ ।

एमालेले सिफारिस गरेका नामहरु
जनजातर्फ
महिलातर्फः भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ

पुरुषतर्फः रामबहादुर थापा मगर र कुलभक्त शाक्य

खस आर्यतर्फ
महिलातर्फ: पद्मा अर्याल र टुकाभद्रा हमाल

पिछडीएको क्षेत्र: एशुदा कुमारी बराल
पुरुषतर्फ :  गुरु प्रसाद बराल र पुष्पराज कंडेल


थारुतर्फ
कृपाराम राणा (पुरुष)

दलिततर्फ
महिलातर्फ: विष्णुमाया विके र नीता घतानी

मधेसीतर्फ
महिलातर्फ: रिङ्ला यादव र यशोधा कुमारी यादव

पुरुषतर्फ : चन्द्रेश्वर मण्डल

मुस्लिमतर्फ
महिलातर्फ : साजिदा सिद्दीकी