
तुलसीपुर, १७ मङ्सिर ।
‘अपाङ्गता समावेशी समाजको प्रबद्र्धनस् सामाजिक उन्नतिको संबद्र्धन’भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्रतिहरुको ३४ अौँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुर्व आज तुलसिपुर उपमहानगरपालिका वडा नं. १५ को सहयोग, डीइसी नेपालको समन्वय र लालिगुराँस अपाङ्गता समावेशी स्वाबलम्बन समुह तुलसिपुर १५ को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कान्र्वयनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
समुहका अध्यक्ष रिसमान चौधरीको अध्यक्षता तथा वडा नं. १५ का वडा सदस्य सिता लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा समावेशी जीविकोपार्जन परियोजनाका आर्थिक सशक्तिकरण सहजकर्ता देवा डाँगीले गरेकी थिईन् भने कार्यक्रमको सञ्चालन समुहका सचिव रामप्रसाद पौडेलले गरेका थिए ।
समुहका उपाध्यक्ष खरिलाल वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेष्ठ नागरिक झुपलाल बुढा र हरिप्रसाद न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



लाइभदाङ । १८ मंसिर २०८२, बुधबार ०८:४६ बजे