दुव्र्यसनी रोक्न सबैले चासो दिऔं

जित जंग वली
लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय सीमा नाघेको छ। यसले विश्वव्यापीरुपमा अवणीय समस्या र अपराधको असैहृय पीडा दिएको छ। लागु औषधको दुरुपयोग र यसका दुरुपयोगकर्ताले आफ्नै शरीर परिवार, समुदाय र राष्ट्रकै भविष्यमा कुठाराघात पारेका छन् । नेपालका शहरी क्षेत्रमा लागु औषधका कारण कतिपय युवायुवतीहरु पीडित छन् । तिनका बाबु आमा र इष्टमित्रहरु पनि यसरी नै प्रताडनामा परेका छन् । यसतर्फ समाज, राजनीतिक दल र बुद्धिजीवीहरुले चासो राख्नुपर्दछ। परिवार र समाजलाई यसले पारेको असरप्रति राज्य मुकदर्शक भएर बस्न मिल्दैन ।

लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ । यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ । यो मादक पदार्थ भन्दा दशौं गुणा हानिकारक छ । हामीले देखेका छौ, टोलछिमेकमा अवैधरुपमा रक्सी ब्रिक्री गरेका कारण आमा समूहसमेतको विरोध भएको छ। तर लागु औषधको यो बिगबिगी उनीहरुको पहुँचभन्दा टाढा देखिन्छ।

नेपाली समाजका आमा समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भीररुपमा यसलाई लिनुपर्दछ अन्यथा हाम्रा छोराछोरी पनि कुलतमा फस्लान् । कतिपय परिवार, टोल सुधारकहरु र आमा समूहहरु लागु औषध बिक्री वितरण गर्ने, ओसारपसार गर्ने त्यसलाई, सहयोग गर्ने प्रशासक र अड्डा–अदालत उनीहरु चिन्दैनन् । आफनो व्यथा आफैमा थन्क्याएको पाइन्छ। उनीहरु आन्तरिकरुपमा हारगुहार त गर्छन् । उपाय लाग्दैन अनि पुग्छन्, पुनस्र्थापना केन्द्र । अहिले नेपालका विभिन्न ठाउँमा पुनस्र्थापना केन्द्र स्थापना गरी उपचार गरिएको छ। यो समाधान चाँही होइन । उद्योगधन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा पुनस्र्थापना केन्द्र खोल्नु परेको छ। यो बाध्यता हो। समाजको पीडा हो।


लागु पदार्थको दुव्र्यसनले मानिसको शारिरिक तथा मानसिक दुर्वलता ल्याउनुको साथै मस्तिष्कमुटु र फोक्सोजस्ता संवेदनशील इन्द्रीयहरुमा आघात पारी मानवीय स्वास्थमा नै खराब असर पार्छ । ती लागु पदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक असर भएका, उत्तेजकरुपमा प्रयोग गर्दछन् । यो समाज विरुद्धको गम्भीर अपराध हो । यसको दुरुपयोगबाट लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगी आदिजस्ता अपराधहरु बढ्दै गएका छन् । (लेखक तुलसीपुर स्थित द लिडिङ नेपाल उपचार तथा पुनःस्थापना केन्द्रका सञ्चालक हुन् ।)साभारःअग्रिम साप्ताहिक

May be an image of 2 people and text that says 'अगिम गते सोमबार Agrim Weekly, Feb. Monday सम्पादकीय... चारलेनमा किन राजनीति घोराही-तुलसीपुर भएको www.livedang.com विविध एमसीसीको माखेसाडलो शिरमाथि भन्डिएको तरबारजस्तो एमसीसी सम्कौतालाई लोमाजोल ।तर, कासको अवस्था अहिलेसम्म प्रतिशत सकेको भन्दा हास्यास्पद दाडकालागि प्राजेक्टका टुटेसा ओवादी सक्ने आकलनमा उसले निके आएको ठेकेदारले थियो सकेका अस्तव्यस्त अहिलेसम्म डकखण्डमा आवतजावतगर्न निकै वरिपरि सकेको दुर्घटनाको जोखिम सडक प्रमुख आधार प्रमाणित गरिसकेको उदाहरण विलम्ब बाँकी? पुष्ठमा.. रोक्न सबैले चासो छोडेपछि टुंगो कसले कराको सुरसार नदेखिएला, जनताले नियाल्तु त्यही त्यसैले यसलाई बिलम्ब गर्ने काममा कत्तैबाट नहोस्'