
शिक्षक कर्मचारी साथीहरु
हार्दिक नमस्कार !
लाग्छ यति बेला शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भैरहेको छ । बार्ताको लागि पनि आह्वान भएको छ । बार्तामा जानू भन्दा पहिले गरिएका सहमती कति पूरा भए कति भएनन त्यसको समिक्षा गरेर मात्र वार्तामा जानू पर्दछ । अन्य जिल्लामा मेरै कयौँ मित्रहरु पनि शिक्षण पेसामा हुनुहुन्छ । म सङ्ग बारम्बार कुरा पनि भैरहेको छ ।
साथसाथै छत्रेश्वरीमा कार्यरत सरहरु सङ्ग पनि, गत बर्ष नेतृत्वले सोचे अनुसार भुमिका नखेल्दा कतै निरास भएको कुरा गर्नु हुन्छ तर पनि नेतृत्व कहिले काहीँ कतै प्रभावमा पर्ने, भैहाल्छ भन्ने आशामा सहमती गरिदिने कारणले आन्दोलन निर्णायक मोडमा नपुग्न सक्छ । आम अभिभावक, विद्यार्थी, शिक्षकले पटक(पटकको आन्दोलनको अपेक्षा गरेका छैनन । यति बेलाको आन्दोलन निर्णायक बन्नै पर्छ । ऐन जारी गराउन र उचित माग पूरा गराउन नेतृत्व लाई दबाब दिनै पर्छ ।
स्थानीय तहका कर्मचारीको आन्दोलन हुँदा कर्मचारीहरु एकजुट नहुदा आंशिक रुपमा मात्र मागहरु सम्बोधन भएका र पुनः दोश्रो पटक आन्दोलन गर्नुपरेको तितो अनुभव छ । शिक्षक आन्दोलन मा पनि केही थरी शिक्षक कर्मचारी देखेको छु । जस्तैः
१. आफ्नै नगत खर्च गर्ने र भौतिक रुपमा आन्दोलन मा सहभागी भएको ।
२. सबै शिक्षक तथा कर्मचारी बाट नगद उठाउने र सोही रकमबाट आन्दोलनमा सहभागी हुने ।
३. नगद सहयोग गर्ने र आन्दोलनमा सहभागी नहुने ।
४. नगद सहयोग पनि नगर्ने आन्दोलनमा पनि सहभागी नहुने ।
त्यसकारण यो आन्दोलन मेरो लागि हो, म आफै जुट्नुपर्छ भनेर लाग्नुस, एकता नै बल हो भन्ने कुरा सधै हृदयमा बोक्नुहोस् अनि मात्र एक निचोड निस्कन सक्छ१ हार्दिक सुभकामना ।।
केशर वली
शिक्षा साखा प्रमुख
छत्रेश्वरी गाउँपालिका, सल्यान



लाइभदाङ । २७ चैत्र २०८१, बुधबार २२:३१ बजे