महोत्सवमा विवाद किन ?

प्रायः महोत्सव आयोजना हुँदा विवाद उत्पन्न हुन्छ । उद्योग बाणिज्य संघले लगाउँदा महोत्सवको विरोध कतैबाट पनि हुँदैन्, तर, त्यो अन्य कुनै पनि संस्थाले महोत्सव लगाउँदा त्यसको विरोधका श्वरहरु आउछन् । विरोधका कार्यक्रम ब्याप्त हुन्छन् । यस अघि बहिरा संघ राप्तीले महोत्सव लगाउन खोज्दा महोत्सव रोकिएको थियो । त्यसपछि गएको बर्ष चेम्बर अफ कमर्शले महोत्सव लगाउदा पनि संघले विरोध जनाएको थियो । यो बर्ष पनि युथ्स अफ तुलसीपुर क्लबले महोत्सव लगाउदा संघ र चेम्बरले संयुक्त रुपमा विरोधका कार्यक्रम गरेका छन् ।

यो बर्ष झनै विरोधलाई झन शसक्त बनाएको देखिन्छ । मंसिर १५ गतेदेखि सुरु हुन भनेको महोत्सव तत्कालिन अबस्थामा प्रमुख जिल्ला अधिकारी, उद्योग बाणिज्य संघका प्रतिनिधि, तुलसीपुरका नगरप्रमुखसहित आयोजकको बैठकले केही दिन महोत्सव रोक्ने भनि सहमति भयो । त्यो सहमति बमोजिम केही दिन महोत्सव पनि रोकियो । तर, सोही क्लबले पुनः महोत्सव सञ्चालन गर्न चाहेमा संघ र चेम्बरले तोकेका स्टल बाहेक अन्य स्टल राख्न नपाईने सहमति भयो । त्यो सहमति आयोजकले पालना गरेन । किनकी ब्यापारिक स्टल नराख्दा महोत्सव सञ्चालनको कुनै अर्थ रहदैन । ब्यबसायीहरुले ब्यापारिक स्टल नराखुन्, भन्ने नै थियो । किनकी तुलसीपुर उद्योग बाणिज्य संघले पनि उपमहानगरपालिकाबाट महोत्सवको अनुमति पाइसकेको छ । यदि ब्यापारिक स्टलहरु अहिलेको महोत्सवले राखिदिएमा अर्को संघले लगाउने महोत्सव चलाउन कठिनाई हुन्छ ।


यसरी महोत्सव लगाउने सन्दर्भमा पटक–पटक विवाद हुनुले आगामी दिनमा यसले झनै उग्र रुप लिन सक्छ । किनकी प्रत्येक बर्ष बिभिन्न संघसंस्थाले महोत्सव लगाउने र ब्यासायीहरुले आन्दोलनलाई थप शसक्त बनाउँदै लैजानुले अन्य संस्थाहरुले महोत्सव नै सञ्चालन गर्नुहुँदैन, भन्ने खालको नजीर बसाल्न खोजिएको देखिन्छ । केही दिन अघिको सर्वपक्षीय बैठकमा पनि कार्यविधि बनाएर महोत्सव लगाउनु पर्ने सहमति भयो । त्यो सहमितलाई अनुसार उपमहानगरपालिकाले कार्यविधि बनाएर सबै संस्थालाई समेट्न सक्यो भने यो समस्या दीर्घकालिन रुपमा समाधान हुन सक्ने देखिन्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । साभारः अग्रिम साप्ताहिक